काठमाडौं । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह(बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबीच शुक्रबार एकताको लागि हस्ताक्षर हुने भएको छ ।
स्रोतकाअनुसार परिस्थितिमा कुनै ठूला फेरबदल नभएमा शुक्रबार साँझसम्म तीनै नेताबीच पार्टी एकताका लागि हस्ताक्षर हुन सक्ने सम्भावना रहेको छ। यसअघि तीनै पक्षले आ–आफ्नो तहबाट गृहकार्य गरिरहेका छन् ।
आज वा भोलिसम्म यससम्बन्धी औपचारिक निर्णय सार्वजनिक हुने समेत जनाइएको छ । हिजो राति काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच करिब डेढ बजेसम्म विस्तृत छलफल भएको थियो। उक्त छलफलमा पार्टी संरचना, राजनीतिक कार्यदिशा र भावी रणनीतिबारे साझा समझदारी बनेको जनाइएको छ । आज तीनै नेताबीच थप छलफल हुने बताइएको छ।
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्तिहरू र विशेषगरी युवा तथा ‘जेनजी’ मतदातालाई एकै ठाउँमा ल्याएर पुराना राजनीतिक शक्तिहरूलाई चुनौती दिने रणनीति बनाइँदैछ।
यद्यपि, यस विषयमा सम्बन्धित नेताहरूले औपचारिक रूपमा पुष्टि भने गरिसकेका छैनन्।





















प्रतिक्रिया