Logo

अर्थ

प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा



काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन् । विशेष इजलासले मागेअनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखाउँदै धरौटीमा छाड्ने निर्णय सरकारी वकिलको कार्यालय काठमाडौंले गरेको हो ।

विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको जानकारी दिइन् ।

शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई प्रहरीले १४ मंसिरमा विजुलीबजारस्थित केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार १६:५१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।