काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरी नेपाल राष्ट्र बैंकले निक्षेप तान्ने भएकाे छ। निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले १२ दिनका लागि २० अर्ब रूपैयाँ तान्न लागेकाे हाे ।
यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।




















प्रतिक्रिया