Logo

अर्थ

बीमा प्राधिकरणको सञ्चालकमा डा. गणेश प्रसाद पाण्डेय नियुक्त



काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पदमा डा. गणेश प्रसाद पाण्डेय नियुक्त भएका छन् ।

सरकारका पूर्व सचिव पाण्डेयलाई मन्त्री परिषदको शुक्रबारको बैठकले सञ्चालक समिति सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हाे । बीमा विज्ञको हैसियतमा नियुक्त गरिएका पाण्डेयको कार्यकाल ४ वर्षको हुनेछ।

पाण्डेय, नेपाल सरकारको अवकाश प्राप्त सचिव हुन् ।

प्रकाशित मिति : १४ पुष २०८२, सोमबार ११:०७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।