Logo

प्रमुख समाचार

सरकार-जेनजीबीच सम्झौता विरूद्धको रिटमा आज सुनुवाइ हुने



काठमाडाैं । सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा सर्वोच्च अदालतमा सोमबार छलफल हुने भएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुनेछ।

रिट निवेदकहरूले अन्तरिम सरकारले दीर्घकालीन असर पार्ने सम्झौता गर्ने अधिकार नरहेको दाबी गर्दै सम्झौता कार्यान्वयन रोक्न माग गरेका छन्। यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्नुका साथै सम्झौतासम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएको थियो।

प्रकाशित मिति : १४ पुष २०८२, सोमबार १२:१५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।