Logo

अर्थ

हिमालयन लाइफका गोल्ड स्टार एजेन्सी म्यानेजर ढकाल बने २०२६का लागि सीओटी



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर बिमल ढकाल सन् २०२६ का लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)अन्तर्गत कोट अफ दि टेबल (सीओटी) बन्न सफल भएका छन् ।

२०६९ सालदेखि बीमा क्षेत्रमा प्रवेश गरेका ढकालले १३ वर्षको अवधिमा निरन्तर उत्कृष्ट कार्यसम्पादन गर्दै बीमा व्यवसायमा आफूलाई अब्बल र सफल व्यवसायीका रूपमा स्थापित गरेका छन् ।

उनले हिमालयन लाइफ इन्स्योरेन्सबाट पाँच पटक ‘नेपाल पट’, ‘बीमा रत्न’, एक पटक ‘टप अफ दि टेबल (टीओटी)’, दुई पटक ‘सीओटी’ तथा आठ पटक ‘एमडीआरटी’को लक्ष्य हासिल गरिसकेका छन् । यस पटक पनि उनले २०२६ का लागि सीओटीको लक्ष्य पूरा गर्दै आफ्नो सफलतालाई निरन्तरता दिएका हुन् ।

विभिन्न बाधा र चुनौतीका बाबजुद पनि प्रतिकूल परिस्थितिलाई पार गर्दै हासिल गरिएको यो सफलता कम्पनी मात्र होइन, समग्र बीमा क्षेत्रका लागि प्रेरणादायी रहेको बताइएको छ ।

नेपालगञ्ज शाखालाई मुख्य कार्यक्षेत्र बनाउँदै देशभर बीमा व्यवसाय विस्तार गर्दै आएका ढकाल हिमालयन लाइफका एक मात्र गोल्ड स्टार एजेन्सी म्यानेजर हुन् । निरन्तर उत्कृष्ट कार्यसम्पादनका कारण उनी सफल, चर्चित तथा भरोसायोग्य व्यवसायीका रूपमा परिचित छन् ।

उनी दर्जनभन्दा बढी संघ–संस्थामा आवद्ध रहँदै सामाजिक अभियन्ता, कुशल नेतृत्वकर्ता तथा हिमालयन लाइफका ‘हिमालयन स्टार’को रूपमा समेत परिचित छन् ।

यो उपलब्धिपछि प्रतिक्रिया दिँदै ढकालले हिमालयन लाइफजस्तो प्रतिष्ठित बीमा कम्पनीमा कार्य गर्दै अन्तर्राष्ट्रिय स्तरका लक्ष्य हासिल गर्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताए । साथै, परिवारको साथ र वर्तमान अवस्थामा बढ्दो बीमाको आवश्यकतालाई आत्मसात गर्दै आगामी दिनमा पनि बीमा क्षेत्रमा अझ उत्कृष्ट योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार १२:०७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।