काठमाडौं । हवाई इन्धनको मूल्य घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’को मूल्य समायोजन गरेको छ । यससँगै विभिन्न गन्तव्यको भाडा घटेको छ ।
बुधबार (पुस १६) नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएको थियो । त्यसपछि क्यानले हवाई भाडा घटाएको हो ।
काठमाडौं–माउन्टेन फ्लाइटको भाडा प्रतियात्रु चार हजार ३९० रुपैयाँ कायम गरिएको छ । काठमाडौं–माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँले घटाइएको हो ।
काठमाडौं–भद्रपुरमा प्रतियात्रु १८० ले भाडादर घटाउँदै तीन हजार ८४५ रुपैयाँ कायम गरिएको छ । काठमाडौं–विराटनगरमा १४० ले भाडादर घटाउँदै तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं–जनकपुरमा एक हजार ६४५, काठमाडौं–भरतपुरमा एक हजार ३७० रुपैयाँ हवाई भाडादर कायम गरिएको छ ।
काठमाडौं–पोखरामा दुई हजार ३०, काठमाडौं–भैरहवामा दुई हजार ६३५, काठमाडौं–नेपालगन्जमा चार हजार १७०, काठमाडौं–धनगढीमा पाँच हजार ६५५, काठमाडौं–तुम्लिङटारमा दुई हजार ३६०, काठमाडौं–सिमरामा एक हजार १५०, काठमाडौं–सुर्खेतमा चार हजार ४२० र काठमाडौं–राजविराजमा दुई हजार ६१५ रुपैयाँ भाडादर कायम गरिएको प्राधिकरणले जनाएको छ ।
कुन सेक्टरमा कति घट्यो फ्युल सर्चार्ज (रुपैयाँमा)?
काठमाडौं–माउन्टेन फ्लाइट : २१०
काठमाडौं–भद्रपुर : १८०
काठमाडौं–विराटनगर : १४०
काठमाडौं–जनकपुर : ७५
काठमाडौं–पोखरा : ९५
काठमाडौं–भरतपुर : ६५
काठमाडौं–भैरहवा : १२५
काठमाडौं–नेपालगञ्ज : १९५
काठमाडौं–धनगढी : २६५
काठमाडौं–तुम्लिङटार : ११०
काठमाडौं–सिमरा : ५५
काठमाडौं–सुर्खेत : २१०
काठमाडौं–राजविराज : १२५




















प्रतिक्रिया