काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुनेमा विश्वस्त रहन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपामा पुगेका महामन्त्री शर्माले पत्रकारहरूसँग कुरा गर्दै विधानअनुसार अघि बढे कांग्रेस एक ढिक्का रहने स्पष्ट पारे ।
“विधानको व्यवस्थाअनुसार कार्यक्रम गर्दै अगाडि बढ्दा कांग्रेस फुट्दैन, एक ढिक्का रहन्छ,” उनले भने, “कसैले पनि आशंका गर्नुपर्दैन । म सबैलाई ढुक्क गराउन चाहन्छु—पार्टी एकढिक्का नै रहन्छ ।”
उनले अहिलेको अवस्थामा महाधिवेशन गरेर नयाँ नीति र नेतृत्व चयन गर्दै निर्वाचनमा जानु उपयुक्त हुने धारणा राखे । “हामीले महाधिवेशनको मिति तय गर्यौँ, तर मिति तय गर्नुबाहेक अरू काम अघि बढ्न सकेन,” शर्माले बताए ।





















प्रतिक्रिया