काठमाडौं । सुनको मूल्यमा आज गिरावट आएको छ । आइतबारका लागि सुनकाे मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार सुनकाे मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार यो मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया