Logo

अर्थ

२१ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । सुनको मूल्यमा आज गिरावट आएको छ । आइतबारका लागि सुनकाे मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार सुनकाे मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार यो मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार ११:१५   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।