काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् । देउवा निवास महाराजगञ्जमा आज दिउँसो २ बजे बस्ने बैठकमा वर्तमान तथा पूर्व पदाधिकारी सहभागी हुने बताइएको छ ।
देउवा निकट एक पूर्व पदाधिकारीका अनुसार बैठकमा पार्टीभित्र देखिएको विवाद, विशेषगरी विशेष महाधिवेशनको विषयमा छलफल हुनेछ । एक पक्षले विशेष महाधिवेशनको तयारी गरिरहेका बेला संस्थापन पक्षले त्यसको आवश्यकता नरहेको अडान लिँदै आएको छ ।
कार्यसम्पादन समितिले निर्वाचनपछि नियमित महाधिवेशन गर्ने निर्णय गर्दै वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरिसकेको छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानअनुसार विशेष महाधिवेशन हुनुपर्ने माग गर्दै तयारी अघि बढाइरहेका छन् ।





















प्रतिक्रिया