Logo

राजनीति

जाँचबुझ आयोग आँफै गुण्डु पुगेर लियो ओलीसँग लियो लिखित बयान



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष लिखित स्टेटमेन्ट बुझाएका छन्।

आयोगसम्बद्ध स्रोतका अनुसार आयोगको टोलीले गोप्य रूपमा पत्र तयार गरी ओली निवास गुण्डु पुगेर उहाँको भनाइ संकलन गरेको हो। यस क्रममा ओलीले मौखिक बयान दिनुभन्दा लिखित रूपमै आफ्नो दृष्टिकोण र जवाफ पेस गरेका छन्। यसअघि सिंहदरबार पुगेर बयान दिन अस्वीकार गर्दै आएका ओलीले पछिल्लो समय आयोगको टोली आफैं आए बयान दिने बताएका थिए।

आयोगले घटनासम्बन्धी तथ्य, आदेश–निर्देशन र राजनीतिक भूमिकासहितका विषयमा ६० भन्दा बढी प्रश्न तयार गरेको थियो। ती प्रश्नमै केन्द्रित रहेर ओलीले आफ्नो लिखित स्टेटमेन्ट तयार गरी बुझाएको स्रोतले जनाएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको जाँचबुझ आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकको पनि बयान लिइसकेको छ। लेखकले आयोगसमक्ष आन्दोलनका क्रममा गोली चलाउन आफूले आदेश नदिएको बताएका छन्।

पटक–पटक आयोगमा बयान दिन नजाने बताउँदै आएका ओलीले अन्ततः आज आयोगको टोलीसमक्ष लिखित स्टेटमेन्ट बुझाएका हुन्।

प्रकाशित मिति : २१ पुष २०८२, सोमबार ०७:०८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।