काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक २८.७३ अंकले बढेर २,६३९ को विन्दुमा कायम भएको छ ।
आज २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ ।
आज ६ अर्ब ४७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बन्दीपुर केबलकारको २० करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी पाँच कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया