काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला १९५ रुपैयाँले चाँदी बढेर आज ४ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया