Logo

प्रमुख समाचार

राष्ट्रियसभा निर्वाचन: ७ सिटमा एमालेको दाबी, तालमेल र उम्मेदवारबारे निर्णय गर्ने जिम्मा ओलीलाई



काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गरेको छ।

सचिवालय बैठकपछि कांग्रेस र नेकपासँगको छलफलमा आफूहरूले हरेक प्रदेशमा एकजना पर्ने गरी ७ सीट माग गरेको उपमहासचिव लेखराज भट्टले बताए ।

उनकाअनुसार कांग्रेसका सभापति शेरबहादुर देउवासँग थप छलफल गरेर उम्मेदवार टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेले कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने भएको हो ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १३:५२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।