Logo

प्रमुख समाचार

कांग्रेस पार्टी कार्यालयमा लफडा, नेताहरू अर्कै ढोकाबाट छिरे



काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् ।

कार्यसम्पादन समिति बैठकका लागि पुगेका नेताहरूलाई भित्र प्रवेश नदिएपछि वैकल्पिक गेटबाट भित्र प्रवेश गरेका थिए ।

उनीहरुले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नारावाजी समेत गरेका छन् ।

आज बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् । बिहान ११ बजे हुने भनिएको बैठक १ बजेको लागि सरे पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।

आजको बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १४:५५   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।