Logo

प्रमुख समाचार

मन्त्री बनेको तीन महिनामै देशमा कायापलट हुँदैन- सञ्चारमन्त्री खरेल



काठमाडौँ। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तीन महिनामा देश कायापलट नहुने बताएका छन्। राजनीतिक अस्थिरताका कारण देशले अपेक्षित विकास गर्न नसके भन्दै उनले यस्तो बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले नेपालमा कुनै पनि प्रधानमन्त्री वा मन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको तथ्य औँल्याए। यस्तो अस्थिर प्रणालीबाट छोटो अवधिमै ठूलो परिवर्तन अपेक्षा गर्नु यथार्थपरक नहुने उनको भनाइ थियो।

‘इतिहास हेर्दा भीमसेन थापाको पालादेखि आजसम्म कुनै प्रधानमन्त्रीले पाँच वर्ष पूरा गर्न सकेका छैनन्,’ उनले भने, ‘यस्तो प्रणालीमा तीन महिनामै कायापलट हुन्छ भन्ने अपेक्षा गर्नु गलत हो।’

आफू मन्त्री बनेको तीन महिनामै चमत्कार सम्भव नहुने उल्लेख गर्दै उनले दीर्घकालीन स्थिरता र निरन्तर नीतिगत कार्यान्वयन बिना विकास सम्भव नहुने जिकिर गरे।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार २१:१४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।