काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आर्थिक वर्ष २०८१/८२ मा ७० करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ६५ प्रतिशत बढी हो। २०८०/८१ मा बोर्डको नाफा ४२ करोड रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा बोर्डको आम्दानी पनि १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बोर्डको आम्दानी ८९ करोड रुपैयाँ मात्रै थियो
। बोर्डको आम्दानीको मुख्य स्रोतमा धितोपत्र दर्ता, निष्कासन स्वीकृति, म्युचुअल फण्ड स्वीकृति, क्रेडिट रेटिङ सेवा, सीडीएस एण्ड क्लियरिङ सेवा, मर्चेन्ट बैंकिङ तथा ब्रोकर प्रमाणपत्र नवीकरण शुल्क, कारोबार दस्तुर लगायत रहेका छन् ।
यी शीर्षकहरुबाट १ अर्ब १३ करोड रुपैयाँ आम्दानी भएको छ । बाँकी १६ करोड रुपैयाँ ब्याज र अन्य स्रोतबाट आएको छ । बोर्डको कर्मचारीका लागि २६ करोड खर्च गरेको छ ।
त्यस्तै, अन्य संचालन खर्च ९ करोड १५ लाख तथा ह्रास कट्टी खर्च ७९ लाख रहेको छ । बोर्डको वासलातको आकार गत वर्षको तुलनामा उल्लेखनीय रुपमा बढेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा बोर्डको वासलात ३ अर्ब ५१ करोड रुपैयाँ थियो भने २०८१/८२ मा उक्त वासलात ४ अर्ब ७० करोड २७ लाख रुपैयाँ पुगेको छ ।



















प्रतिक्रिया