Logo

राजनीति

पूर्ण इजलास बसेपनि सात वटा मुद्दामा भएन सुनुवाइ



काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश अब्दुल अजीज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको पूर्ण इजलासमा सात वटा मुद्दाको पेसी तोकिए पनि कुनै सुनुवाइ हुन सकेन ।

बिहीबार मुद्दा स्थगितका लागि निवेदन दिइँदा पूर्ण इजलास बसेपनि सुनुवाइ भने हुन नसकेको हो ।

इजलासमामा सुरुको पेसी सूची कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका गोविन्दबहादुर बटाला ‘जीवीत’लाई सफाइ दिने आफ्नै फैसला पुनरावलोकन रिटमा सुनुवाइ थियो ।

तर, महान्यायाधिवक्ता कार्यालयले इजलासमा पुगेर आजलाई मुद्दा स्थगित गरी पाउँ भनेर निवेदन दिएपछि स्थगित हुन पुग्यो ।पेसी सूचीको दोस्रो नम्बरमा कर्तव्य ज्यान मुद्दा रहेको थियो ।

खड्ग बहादुर गुरुङको जाहेरीले नेपाल सरकारलाई विपक्षी बनाउँदै अमर श्रेष्ठले दायर गरेको रिटमा दुवै पक्षबाट निवेदन दिएर स्थगित गरिएको छ ।

तेस्रो नम्बरको पेसी लिलाम मुचुल्का तथा लिखत बदरसँग सम्बन्धित थियो । जसमा साबिक नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स लिमिटेड हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विरुद्ध जमुना श्रेष्ठको मु.स. गर्ने दिनेशमान वैद्यलाई विपक्ष बनाइएको थियो ।

यो मुद्दा रिट निवेदक पक्षबाट स्थगित गराइयो । चौथो नम्बरको पेसी सूचीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिको मुद्दा पनि स्थगित गराइएको छ ।

पाँच नम्बरको पेसीमा रहेको भ्रष्टाचारसँग सम्बन्धित मुद्दा हेर्न नमिल्ने सूचीमा र ६ र ७ नम्बरको मुद्दाको पेसी पनि स्थगित गराइएपछि पूर्ण इजलास बसेपनि कुनै पनि मुद्दामा सुनुवाइ हुन नसकेको हो ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १७:३८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।