Logo

अर्थ

नेपाल बैंक र ॐ हस्पिटलबीच विशेष छुट सम्झौता



काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन्।

बैंक र अस्पतालबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरे ।

सो सम्झौता बमोजिम कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरू ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार १४:१०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।