Logo

समाचार

प्रहरीले जाहेरी लिन नमानेको भन्दै सामूहिक बलात्कार पीडित किशोरी काठमाडौंमा



बाँके — बाँकेको डुडुवा गाउँपालिकाको खालेमसाहामा ९ दिनअघि भएको सामूहिक बलात्कारको घटनामा प्रहरीले जाहेरी लिन नमानेको भन्दै पीडित किशोरी परिवारसहित काठमाडौं आइपुगेकी छन् ।

बाँकेको डुडुवा गाउँपालिकाको खालेमसाहामा पुस १६ गते १६ वर्षीया दलित किशोरीमाथि सामूहिक बलात्कार भएको परिवारको दाबी छ ।

राति साढे ११ बजेको समयमा शौचालय जान लागेका बेला आफ्नै घरको आँगनबाट ५ जना पुरुषले उनलाई लिएर गएको र घर छेवैको गोठमा उनीमाथि बलात्कार भएको पीडित किशोरीको परिवारले जनाएको छ ।

पीडितका परिवारका अनुसार उनीहरुले घटनालगत्तै प्रहरी कार्यालय बाँकेमा जाहेरी लिएरसमेत गएका थिए । तर प्रहरीले जाहेरी नै लिन नमानेको उनीहरुको भनाइ छ ।

प्रहरीले जाहेरी लिन नमानेपछि पीडितसहित परिवार बिहीबार काठमाडौं आइपुगेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा हामीले यो घटनाका बारेमा बुझ्दा प्रहरीले महिला तथा बालबालिकाको लागि काम गर्ने संस्थामार्फत पीडित प्रहरीमा आएको जानकारी दिए ।

स्वास्थ्य परीक्षण गरेर आउन आग्रह गरेपछि फर्किएको परिवार त्यसपछि सम्पर्कमा नआएको तर तीन दिनअघि हुलाकमार्फत जाहेरी प्राप्त भएको प्रहरीको भनाइ छ ।

सनाखतका लागि व्यक्ति आएमा जाहेरी दर्ता हुने र कानुनी प्रकिया अघि बढ्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार २२:०२   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।