Logo

विविध

नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै



नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका बहुसंख्यक नेपालीले भने सोमबार नै मनाएका छन् ।

आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउने भएका हुन् । सरकारले भाइटीका (किजापूजा)का लागि सार्वजनिक बिदा दिएको छ ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।आज बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म खुल्ने जनाइएको छ ।

प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार  १२ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।