Logo

अर्थ

डिप्रोक्स लघुवित्तको २४औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २४औं वार्षिक साधारणसभा चितवनको सौराहामा सम्पन्न गरेको छ ।

साधारण सभाले आ.ब. २०८१/ ०८२ को बार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै शेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बोनस सेयर पश्चात यस संस्थाको चुक्ता पूँजी रु.२ अर्व ५ करोड ५१ लाख १४ हजार पुगेको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २४औं वार्षिक साधारण सभामा आ.ब. २०८१/०८२ को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारेका थिए । साथै सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेका थिए ।

संस्थापक तर्फ बाँकी अवधिको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रदिप कुमार पाठक र सर्वसाधारण तर्फ ३ जना सञ्चालकहरु क्रमशः शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १३:३६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।