Logo

अन्तर्राष्ट्रिय

ईरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले बढायो २५ प्रतिशत भन्सार शुल्क



काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इरानसँग व्यावसायिक सम्बन्ध भएका देशहरूबाट आउने सामानहरूमा २५%  भन्सार शुल्क बढाउने निर्णय गरेका छन् ।

सरकार विरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गर्दै गर्दा तेहरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले यस्तो कदम चालेको हो ।

‘इस्लामिक गणतन्त्र इरानसँग व्यापार गर्ने कुनै पनि देशले संयुक्त राज्य अमेरिकासँग गरिने कुनै पनि र सबै व्यापारमा २५% को शुल्क तिर्नेछ,’ ट्रम्पले सोमबार ट्रुथ सोशलमा लेखेका छन्, ‘यो आदेश अन्तिम र निर्णायक छ ।’

चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स, टर्की र भारत छन् ।

यसअघि थप प्रदर्शनकारीहरू मारिएमा अमेरिकाले ईरानमा सैन्य हस्तक्षेप गर्ने दाबी ट्रम्पले गरेका थिए ।

ह्वाइट हाउसले भन्सारको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन । इरानमा मुद्रा स्फीतिका कारण दैनिक उपभोग्यको मूल्यवृद्धि हुँदा २८ डिसेम्बरदेखि विरोध प्रदर्शनहरू सुरु भएको छ ।

यस प्रदर्शनले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सत्ता वैधानिकताको संकटमा छ ।

मेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएनए) ले इरानमा लगभग ५०० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मीको मृत्यु भएको जनाएको छ ।

तर, पछिल्ला केही दिनयता यहाँ इन्टरनेट र टेलिफोट कटौती गरिएको र सरकारले मृतक संख्या लुकाउन खोजेको छ । त्यहीकारण मृतकको संख्या बढी हुनसक्ने अनुमान लगाइएको छ ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार ०८:०१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।