काठमाडौँकाठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। तीमध्ये १ करोड कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दालाई, १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट भइसकेको छ।
यस्तै, ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। शेयर निष्कासन छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते बन्द हुनेछ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी’ (IRN BB) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।
सोलु हाइड्रोपावरले सोलुखुम्बु जिल्लामा ८२ मेगावाट क्षमताको ‘तल्लो सोलु जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ।
आयोजनाको कुल लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ छ। आयोजनाबाट लगानी फिर्ता हुने सामान्य अवधि (पे–ब्याक पिरियड) ७.६८ वर्ष रहेको कम्पनीले जनाएको छ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्। लगानीकर्ताले सी–आस्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू, ‘मेरो शेयर’ मोबाइल एप वा सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। ।
सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। तीमध्ये १ करोड कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दालाई, १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट भइसकेको छ। यस्तै, ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। शेयर निष्कासन छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते बन्द हुनेछ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी’ (IRN BB) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।
सोलु हाइड्रोपावरले सोलुखुम्बु जिल्लामा ८२ मेगावाट क्षमताको ‘तल्लो सोलु जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ।
आयोजनाको कुल लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ छ। आयोजनाबाट लगानी फिर्ता हुने सामान्य अवधि (पे–ब्याक पिरियड) ७.६८ वर्ष रहेको कम्पनीले जनाएको छ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्। लगानीकर्ताले सी–आस्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू, ‘मेरो शेयर’ मोबाइल एप वा सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।




















प्रतिक्रिया