Logo

अर्थ

मञ्जुश्री फाइनान्सद्वारा ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक



काठमाडाैं । आफ्ना ग्राहकलाई सधैं नवीनतम तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। यस कार्डमार्फत ग्राहकहरूले Manjushree Smart मोबाइल बैंकिङ एप प्रयोग गरी सहज रूपमा डिजिटल कारोबार गर्न सक्नेछन्।

मञ्जुश्री भर्चुअल क्रेडिट कार्डबाट फोनपे नेटवर्कमा आबद्ध कुनै पनि मर्चेन्ट QR मा सजिलै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। पूर्ण रूपमा मोबाइलमै आधारित यस कार्डमार्फत ग्राहकहरूले आफूले खर्च गरेको रकमको विवरण तुरुन्तै हेर्न सक्ने सुविधा पाउनेछन्। साथै, न्यूनतम १५ दिनदेखि अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट कार्ड सीमा उपयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ।

क्रेडिट कार्ड लिमिटभित्र रहेर रकम प्रयोग गर्न सकिने, QR स्क्यान गरी छिटो र सुरक्षित भुक्तानी गर्न सकिने जस्ता सुविधाले ग्राहकको दैनिक वित्तीय कारोबारलाई अझ सरल बनाउने विश्वास फाइनान्सले लिएको छ।

हाल मञ्जुश्री फाइनान्सले करिब २४ अर्ब रुपैयाँ निक्षेप संकलन तथा २०.५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ। देशभर २७ वटा शाखा र एक विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको यस संस्थाले १ लाख ८० हजारभन्दा बढी सन्तुष्ट ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराइरहेको छ।

मञ्जुश्री फाइनान्स भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याउने फाइनान्स कम्पनीहरूमध्ये पहिलो भएको दाबी गर्दै, यस नवीन सेवाले डिजिटल बैंकिङको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार १३:४२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।