Logo

अर्थ

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन प्रोटोन इमास ७ एसयूभी



काठमाडौं । प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ मार्फत नेपाली बजारमा उल्लेखनीय प्रभाव जमाएको छ ।

ईभी पारखी र प्रारम्भिक प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको इमास ७ मलेसियाको एक नम्बर इलेक्ट्रिक सवारी साधनको पहिचानसहित नेपालमा पनि लोकप्रियता हासिल गरिरहेको छ ।

शहरी यात्रुदेखि साहसिक यात्रा मन पराउने उपभोक्तासम्म सबैको आवश्यकता पूरा गर्नेगरी डिजाइन गरिएको इमास ७ मा अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा विशेषता तथा उच्च क्षमताको प्रदर्शनसहित आकर्षक मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

१६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको इमास ७ ले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव प्रदान गर्छ । ‘४,६१५ मीमी लम्बाइ र १८० मीमी ग्राउण्ड क्लियरेन्सका कारण यस एसयूभीले पर्याप्त स्थान तथा विविध सडक अवस्थाका लागि आवश्यक क्षमता प्रदान गर्दछ’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ।

नेपालका लागि प्रोटोन सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स रहेको छ । कम्पनीले बलियो बिक्रीपछिको सेवा, नियमित मर्मत तथा व्यापक ग्राहक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि गरेको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार १७:०६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।