Logo

अर्थ

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी रहेकाे छ । आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८८० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ११:१०   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।