Logo

प्रमुख समाचार

सभापति बनेपछि पहिलो पटक पार्टी कार्यालय जाँदै गगन



काठमाडाैं । नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा जाने भएको छ । सभापति थापा भोलि पार्टीको बैठक राख्ने गरी पार्टी मुख्यालय जान लागेको प्रवक्ता देवराज चालिसेले बताए । भोलि सानेपामा केन्द्रीय समितिको बैठक पनि बस्नेछ।

विशेष महाधिवेशनबाट थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री, डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव सहमहामन्त्री चुनिएका थिए । विशेष महाधिवेशनले १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चुनेको थियो ।

शेरबहादुर देउवा पक्षका नेताहरूले विशेष महाधिवेशन गर्न अस्वीकार गरेपछि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेका थिए। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिइसकेको छ।

सर्वोच्च अदालतले पनि देउवा र डा.कोइराला समूहले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति पद बहालीका लागि केन्द्रीय कार्यालयमा जान लागेको हो ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १२:३६   :  बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।