Logo

प्रमुख समाचार

शुक्रबार सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने



काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । पार्टी कार्यालय, सानेपामा बैठक बस्न लागेको हो ।

सभापतिमा चयन भएपछि पहिलोपटक उनी पार्टी कार्यालय जान लागेका हुन् । यसअघि बानेश्वरको पार्टी प्यालेसमा नयाँ कार्यसमितिको बैठक बसेको थियो ।

अदालतबाट समेत प्रारम्भिक सुनुवाइमा गगनकै पक्षमा आदेश आएपछि शेरबहादुर देउवा पक्षले उनलाई पार्टी कार्यालय दिन तयार भएको हो । शुक्रबारको बैठकमा उनलाई नेपाली कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवारको घोषणा गर्ने कार्यसूची रहेको एक नेताले बताए ।

थापा सर्लाही ४ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।

पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्नेछ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका अन्य दलले पनि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर होमिएका छन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १४:११   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।