Logo

स्वास्थ्य

मन तातो पानीमा मरिच हालेर पिउँनुको फाइदा



सामान्यतया स्वच्छ पानी पिउनु स्वास्थ्यका लागि अत्यन्तै लाभदायी हुन्छ । पानीले शरीरको विकासमा धेरै मद्दत गर्छ । अनि मरिचले पनि स्वास्थ्यसम्बन्धी धेरै समस्या समाधान गरिदिन्छ । मनतातो पानीमा मरिच हालेर पिउँदा त झन् फाइदै फाइदा हुन्छ ।

यस्ता छन् फाइदाः

रक्तअल्पता 

मनतातो पानीमा मरिच हालेर पिउँदा आइरनको कमी पूरा हुन्छ र रगत कम हुने समस्या हराउँछ ।

कब्जियत

मरिच र मनतातो पानीले शरीरको टक्सिनहरू हटाएर कब्जियत भगाउँछन् ।

छाला

यसको सेवनले शरीरमा पानीको मात्रा बस्छ र अनुहारको चमक बढाउँछ ।

रक्तचाप

मनतातो पानीमा मरिचको सेवनले रक्तचाप नियन्त्रणमा रहन्छ किनकि मरिचमा पोटेसियम हुन्छ ।

जोर्नी

यसमा भएको एन्टीइन्फ्लेम्मेटोरी गुणका कारण जोर्नीको पीडा शान्त हुन्छ ।

मोटोपना

मरिच र मनतातो पानी एकसाथ लिँदा मेटाबोलिजम बढ्छ र मोटोपना घट्छ ।

मांसपेशी 

यसले शरीरको मांसपेशीलाई बलियो बनाउँछ । जिम जानेहरूले यसको सेवन गर्दा धेरै लाभ प्राप्त हुन्छ ।

प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार  ९ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।