Logo

समाचार

सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ



काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तानका क्रममा फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी बस्दै आएका २४ वर्षीय सविन रुम्बालाई प्रहरीले मंगलबार (आज) चुच्चेपाटीबाट नै पक्राउ गरेको हो।

पक्राउ परेका रुम्बालाई आवश्यक प्रक्रिया पूरा गरी पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

जबर्जस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय कायम भएपछि उनी २०७९ वैशाख २१ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए।

जेन-जी आन्दोलनका क्रममा उनी सो कारागारबाट फरार भएका थिए। त्यसयता काठमाडौं उपत्यकामा लुकीछिपी बस्दै आएको सीआईबी ले जनाएको छ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १८:१८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।