Logo

समाचार

रास्वपा वरिष्ठ नेता शाह भोलि देउवाको गृहजिल्ला पुग्दै, यस्तो छ भोलिको शेड्यूल



काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह यतिवेला चुनावी अभियानको क्रममा सुदूरपश्चिममा छन् ।

उनी भोलि विहानै डडेलधुरा पुग्ने भएका छन् । विहान साँढे ९ बजे उनी पार्टी सम्पर्क कार्यालय महेश्वरी पुग्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तै, भोलि अपरान्ह साँढे १२ बजे भने बैतडीको पाटनमा पुग्ने कार्यक्रम छ ।

साँझ ४ बजे भने दार्चुला पुग्ने भनिएको छ । शाह राति ८ बजेमात्रै बझाङको बुइङ्गल पुग्ने भएका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार २०:४१   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।