Logo

राजनीति

विनोद चौधरीद्वारा मतदाताबाट सुझाव संकलन, अनलाइन फारम सार्वजनिक



नवलपरासी पश्चिम । नवलपरासी पश्चिम क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि मतदाताको सुझावका आधारमा संकल्पपत्र तयार गर्ने अभियान सुरु गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार चौधरीले जनताका वास्तविक समस्या र प्राथमिकता समेट्न आफ्नो वेबसाइटमार्फत अनलाइन फारम सार्वजनिक गर्दै योजना र सुझाव पठाउन अपिल गरेका छन्। बन्द कोठामा घोषणापत्र बनाउने परम्पराको साटो नागरिकको सहभागितामा ‘साझा संकल्पपत्र’ निर्माण गर्ने उनको उद्देश्य छ।

भोटले सरकार बन्ने भए पनि समाज निर्माणका लागि नागरिकको सुझाव आवश्यक हुने चौधरीको भनाइ छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १०:४४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।