नवलपरासी पश्चिम । नवलपरासी पश्चिम क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि मतदाताको सुझावका आधारमा संकल्पपत्र तयार गर्ने अभियान सुरु गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार चौधरीले जनताका वास्तविक समस्या र प्राथमिकता समेट्न आफ्नो वेबसाइटमार्फत अनलाइन फारम सार्वजनिक गर्दै योजना र सुझाव पठाउन अपिल गरेका छन्। बन्द कोठामा घोषणापत्र बनाउने परम्पराको साटो नागरिकको सहभागितामा ‘साझा संकल्पपत्र’ निर्माण गर्ने उनको उद्देश्य छ।
भोटले सरकार बन्ने भए पनि समाज निर्माणका लागि नागरिकको सुझाव आवश्यक हुने चौधरीको भनाइ छ।





















प्रतिक्रिया