Logo

मानहुँडाँडा जाँदै गरेको माइक्रो बस दुर्घटनाः १ को मृत्यु, ५ घाइते



बिगत केहि समयदेखि पर्यटकहरुले भरिभराउ रहेको तनहुको मानहुँडाँडा घुम्न जाने क्रममा आज बिहान एक माइक्रो बस दुर्घटना भएको छ ।

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा बुधबार बिहान माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन् ।

पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नं को हाईस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको छ ।

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनामा थप ५ जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार १०:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।