Logo

अर्थ

आइपीओ निष्काशन गर्न एपोलो हाइड्रोपावरले पायो अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशन तथा बिक्रीका लागि एपोलो हाइड्रोपावरले अनुमति पाएको छ । बोर्डले हिजो माघ २० गते कम्पनीलाई आइपीओ निष्काशनका लागि स्वीकृति दिएको हो ।

एपोलो हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १४ लाख १० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको यस सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १३:१४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।