काठमाडौं। कामना सेवा विकास बैंकले निष्कासन गरेको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लाजिम्पाटमा बाँडफाँट गरिएको छ।
३५ करोड रकम बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहप्रद रुपमा १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ।
यसले नेपाली पुँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताको उच्च विश्वास र आकर्षणलाई प्रतिविम्बित गर्छ।
परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ता (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषबाहेक) का लागि माघ १२ देखि माघ १५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएकामा उक्त अवधिभर विभिन्न संघसंस्थामार्फत उत्साहजनक सहभागिता रहेको बैंकको भनाइ छ।
वार्षिक ९% ब्याजदर (असञ्चिति) रहेको अग्राधिकार सेयर विकास बैंकमा पहिलो पटक जारी गरिएको हो।




















प्रतिक्रिया