काठमाडौं । आईसीसी टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा क्यानडाले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन जोडेको हो ।
क्यानडाका लागि ओपनर नवनीत धालीवालले सर्वाधिक ४१ रन बनाए । उनले ३६ बलको सामना गर्दै इनिङ्सलाई सम्हालेका थिए । खेलको अन्त्यतिर श्रेयस मोभाले आक्रामक ब्याटिङ गर्दै मात्र १९ बलमा नटआउट ३८ रन जोडेपछि क्यानडा सम्मानजनक योगफलसम्म पुगेको हो । त्यस्तै, कँवरपाल ताथगुरले २५ र जसकरण बुट्टरले २१ रनको योगदान दिए ।
नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । दुवैले समान २–२ विकेट लिए । भुर्तेलले ताथगुर र निकोलस किर्टनलाई आउट गरे । लामिछानेले धालीवाल र हर्ष थाकरको विकेट लिए । त्यसैगरी सोमपाल कामी र नयन यादवले १–१ विकेट लिए ।




















प्रतिक्रिया