Logo

समाचार

बैतडीमा जन्ती बोकेको बस दुर्घटना



बैतडी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।

बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करिब १५० मिटर तल खसेको छ ।

घटनास्थलमा अहिले उद्धारको काम चलिरहेको छ । अँध्यारोका कारण उद्धारमा कठिनाइ भएको हाट स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी डम्मर कुँवरले बताए ।

दुर्घटनामा भएको क्षतिका विषयमा यकिन विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ भने प्रहरी र स्थानीय मिलेर उद्धारको काम गरिरहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । घटनाका विषयमा थप विवरण आउन बाँकी रहेको छ ।

इलाका प्रहरी कार्यालय पाटन र ढोल्यामोड प्रहरी चौकीबाट समेत घटनास्थलका लागि प्रहरी टोली खटिएको प्रहरी निरीक्षक बडूले बताए ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार २१:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।