Logo

समाचार

धार्चेमा ‘जनयुद्ध दिवस’को सार्वजनिक विदा



गोरखा । ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते धार्चे गाउँपालिकाले सार्वजनिक विदा दिएको छ

माघ १४ गते बसेको गाउँकार्यपालिका बैठकले पालिकाका सबै निकायमा विदा दिने निर्णय गरेको हो ।

फागुन १ गते गाउँपालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था र अन्य सार्वजनिक निकायहरुमा विदा रहने पालिकाले जनाएको छ।

उक्त दिन जनयुद्ध र जनआन्दोलनलगायतका ज्यान गुमाएकाहरुको सम्झनामा सरकारी कार्यलय तथा घर घरमा दिपावली गर्ने व्यवस्था मिलाउन पनि गाउँपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १७:५५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।