काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक १०.२५ अंकले घटेर २,६९८ को विन्दुमा कायम भएको छ ।
आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ ।
आज ११ अर्ब ६५ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ५६ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया