काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठाउँदै तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको रिटमा कांग्रेस केन्द्रीय कार्यालयले आइतबार सर्वोच्च अदालतको म्याद बुझेको छ ।
गत पुसमा सम्पन्न कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिका संयोजक रहेका वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार म्याद बुझेको रातोपाटीलाई जानकारी दिए ।
विशेष महाधिवेशनबाट कांग्रेसको सभापतिमा गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिने निर्णय गरेपछि वैधानिकताको प्रश्न उठाउँदै तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति खड्का रिट लिएर सर्वोच्च पुगेका थिए ।
सो रिटमा सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्वाचन आयोग, विपक्षी बनाइएका सभापति गगनकुमार थापालाई छलफलमा बोलाउन आदेश भएको थियो ।





















प्रतिक्रिया