Logo

अर्थ

सेयर बजारमा २६ अंकको गिरावट



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक २६.०५ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २१२ कम्पनीको मूल्य घटेको छ ।

आज १० अर्ब ७७ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ७७ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भउको छ । एसवाई प्यानलको ५४ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै मायाखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.४० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १५:१२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।