Logo

राजनीति

नेकपाको चुनावी प्रतिबद्धता: दलित, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिलाई १ करोडसम्म ऋण



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मंगलबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा ‘उद्यमशीलता विकास’लाई उच्च प्राथमिकतामा राखेको छ, जसअनुसार दलित, अल्पसंख्यक र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई १ करोड रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने घोषणा गरिएको छ ।

नेकपाको प्रतिबद्धतामा स्पष्ट रूपमा उल्लेख गरिएअनुसार उत्पादन तथा रोजगारीमूलक उद्यम गर्न चाहने दलित, अल्पसंख्यक र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई १० वर्षका लागि १ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ । यो ऋणमा लाग्ने ब्याजदर जम्मा ५ प्रतिशत मात्र हुने भनिएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १८:५१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।