Logo

बैंकिंग

यूनाइटेड इन्स्योरेन्सको सिईओमा उपासना पौडेल 



यूनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी उपासना पौडेलले पाएकी छिन् । कम्पनीको कार्तिक २४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भएपछि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासमा गत बर्षका सोही अवधिकोे तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको भारी बृद्धि गर्न सफल भएको छ ।

प्रकाशित : ३ मंसिर २०७७, बुधबार