काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीका संस्थापक शेयरधनी उदय प्रसाद ओझाले आफ्नो नाममा रहेको ५० हजार कित्ता सेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले उक्त सेयर बिक्रीको प्रक्रिया सुरु गरेको हो ।
विद्यमान शेयरधनीलाई पहिलो प्राथमिकता बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ मा भएको व्यवस्था बमोजिम, यस्तो सेयर बिक्री गर्दा सबैभन्दा पहिले हालका संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने हुन्छ । सोही नियम पालना गर्दै कम्पनीले इच्छुक विद्यमान संस्थापकहरूका लागि ३५ दिनको समयावधि तोकेको छ ।
यो सेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरूले तोकिएको ३५ दिनभित्र काठमाडौंको कमलपोखरीमा रहेको नेपाल लाइफ क्यापिटलको कार्यालयमा आफ्नो लिखित निवेदन पेश गर्नुपर्नेछ ।





















प्रतिक्रिया