Logo

स्वास्थ्य

कोरोना विरुद्धको चिनियाँ खोप : परीक्षणमा सफल देखिएको चीनको दाबी



चीनले विकसित गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण सफल देखिएको छ । कोरोना भाइरस विरुद्धको खोपको परीक्षणमा सफलता मिलेको चिनियाँ अनुसन्धानकर्ताले दाबी गरेका छन् ।​

चरणचरणमा विभिन्न खोपको परीक्षण गर्दै आएको चीनले पछिल्ला परीक्षणमा सफलता मिलेको दाबी गरेको हो । परीक्षण धेरै खोपको गरिसकेको चीनले धेरै खोप मानिसमा समेत लगाइसकेको छ ।

बीबीसीले उल्लेख गरे अनुसार चीनले बनाएको सिनोभ्याक बायोटेक नामक समूहले तयार पारेको खोपले राम्रो काम गरेको छ । सात सय बढी मानिसमा परीक्षण गर्दा उक्त खोपले रोग प्रतिरोधी क्षमता बढाउने प्रतिक्रिया तिब्र रुपमा दिएको समाचारमा उल्लेख गरिएको छ । अमेरिका र युरोपमा खोप परीक्षण सफल भइरहेका खबर सार्वजनिक हुँदा चीनलेसमेत सफलता मिलेको संकेत गरेको हो।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार ०९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।