Logo

समाचार

नेप्सेमा गुराँस लघुवित्तको बोनस सेयर सूचीकृत



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ लाख ६५ हजार बढी कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीले १ लाख ६५ हजार ८५.५४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा सेयरधनीलाई वितरण गरेको १४.३५ प्रतिशत बोनस सेयर नेप्सेले सूचीकृत गरेको हो।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार ०७:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।