Logo

प्रमुख समाचार

रुकुमपश्चिममा प्रलोपा नेता शर्मालाई उज्यालो नेपाल पार्टीको पनि समर्थन



काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता एवं रुकुमपश्चिमबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टी (उनेपा)का उम्मेदवार नरेन्द्र केसीले समर्थन गरेका छन् । आज दुवै दलका उम्मेदवारहरुले संयुक्त पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका उम्मेदवार केसीले रुकुमको समग्र विकासमा टेवा पुर्‍याउन आफ्नो उम्मेदवारी निष्क्रिय गराएको र प्रलोपा उम्मेदवार शर्मालाई समर्थन गरेको जानकारी दिए ।

शर्मालाई एमालेले पनि समर्थन गरेको छ । अब निर्वाचनको मैदानमा प्रलोपाका नेता जनार्दन शर्मासहित नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा, नेपाली कांग्रेसका राजु केसी र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १२:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।